गाईघाटमा सात सवारीसाधन ठोक्किँदा १९ जना घाइते, थप घाइते हुने आशंका



चितवन,कात्तिक १— भरतपुर महानगरपालिका–२९ गाईघाटमा शनिबार बिहान भएको भीषण सवारी दुर्घटनामा कम्तीमा १९ जना घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत बिहान सवा सात बजे सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार सुरुमा बा ४ ख ७४२० नम्बरको यात्रुबहाक बस र ना ८ ख ६६२९ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा पछिल्ला सवारीसाधनहरू पनि क्रमशः ठोक्किँदै गए। घाइतेहरूको उद्धार कार्य जारी रहेको र भरतपुरका विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

खनालका अनुसार घाइतेको संख्या अझै बढ्न सक्ने संभावना छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्