नुवाकोटको तादी खोलामा डुबी युवक गम्भीर घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो



नुवाकोट,कात्तिक १ — नुवाकोटको तादी गाउँपालिका–५ आप्रस्थित तादी खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबी गम्भीर घाइते भएका छन्।

शनिबार दिउँसो करिब १२:५५ बजे खोलामा पौडी खेल्ने क्रममा काठमाडौँ टोखा घर भएका १९ वर्षीय समीर बानियाँ डुबेका हुन्। स्थानीयले तत्काल उद्धार गरी नजिकैको मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरीका अनुसार बानियाँ बोल्न नसक्ने अवस्थामा रहेका छन् र उनको अवस्था गम्भीर रहेको बताइएको छ।

स्थानीय बासिन्दाका अनुसार उक्त स्थानमा खोलाको बहाव तीव्र हुने भएकाले यसअघि पनि यस्तै घटना घट्ने गरेका छन्। प्रहरी र स्थानीय बासिन्दाले युवाहरुलाई पौडी खेल्दा सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्