हमासद्वारा मारिएका नेपाली युवक विपिन जोशीको शव स्वदेश आइपुग्यो
काठमाडौं,कात्तिक ३ — हमासद्वारा बन्धक बनाइएका बेला मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज स्वदेश आइपुगेको छ।
फ्लाइ दुबईको विमानबाट जोशीको शव आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। विमानस्थलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।
नेपाल फर्काइएको विपिनको शवलाई आजै कञ्चनपुरको भीमदत्त नगरपालिका–स्थित पारिवारिक घरमा लगिने तयारी गरिएको छ।
विपिन जोशी इस्रायलमा कृषिसम्बन्धी तालिमका लागि पुगेका नेपाली विद्यार्थीमध्ये एक थिए। गत वर्ष हमासको आक्रमणका क्रममा उनी बन्धक बनेका थिए। लामो प्रतीक्षापछि उनको शव स्वदेश फर्काइएको हो।
सरकारले विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

