प्रचण्डको सचिवालयबाट छोरी गंगा दाहालको राजीनामा
काठमाडौं,कात्तिक ३ । नेकपा (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट छोरी गंगा दाहालले राजीनामा दिनुभएको छ ।
आफ्नो कारणले संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेकोले पार्टी र आन्दोलनको लागि राम्रोका लागि आफूले सचिवालयबाट बाहिरिने निर्णय लिएको गंगाले सोमबार सामाजिक सञ्जालमार्फत जनाउनुभएको हो ।
‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु,’ उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहनेछु ।’

