हमासले हत्या गरेका विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर पुर्‍याइयो



कञ्चनपुर,कात्तिक ३ — हमासद्वारा हत्या गरिएका भीमदत्त नगरपालिका–३ का विपिन जोशीको शव गृह जिल्ला कञ्चनपुर पुर्‍याइएको छ।

विपिनको शव नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौंबाट धनगढी ल्याइएको हो। त्यसपछि नेपाल प्रहरीको स्कर्टिङमा धनगढी उपमहानगरपालिकाको शववाहनमार्फत उहाँको घरतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शव हाल कञ्चनपुरको गुलरिया पुगिसकेको र केहीबेरमा पारिवारिक श्रद्धाञ्जलीका लागि घरमा पुर्‍याइने तयारी भइरहेको बताइएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपिन जोशीको हत्या गरिएको थियो। उहाँको शव आइतबार इजरायलले नेपाल पठाएको हो।

दुई वर्षसम्म जीवित रहेको र सकुशल फर्किने आशामा रहेका विपिनको शव लक्ष्मीपूजाको दिन नेपाल आइपुगेपछि देशभर शोकको माहोल छ।

प्रतिक्रिया दिनुहोस्