प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अघि बढाइने



काठमाडौं,कात्तिक ५ — प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकद्वारा निष्काशन हुने बैंक नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेकी छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आज आयोजित शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा सहभागी हुँदै प्रधानमन्त्री कार्कीले यस विषयमा नेपाल राष्ट्र बैंकसहित सम्बन्धित निकायसँग परामर्श गरी प्रक्रिया अघि बढाइने बताइन्।

उनका अनुसार सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने हालको निर्णयले यो संवत्को संरक्षण, प्रवर्द्धन र व्यावहारिक कार्यान्वयनप्रति सरकारको तत्परता प्रष्ट भएको छ।

प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयहरूमा नेपाल संवत् प्रभावकारी रूपमा लागू गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइसकिएको बताउँदै यसको अनुगमनका लागि शंखधर साख्वाः प्रतिष्ठानसँग सहकार्य गरिने पनि उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्