दुर्गा मूर्ति विसर्जनका क्रममा डुबेर तीन युवाको मृत्यु



रुपन्देही ,कात्तिक ६— दुर्गा पूजाको मूर्ति विसर्जनका क्रममा रुपन्देहीमा डुबेर तीन युवाको मृत्यु भएको छ। बुधबार गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा मायादेवी गाउँपालिका–१ का अजय हरिजन (१३), दीपु हरिजन (१५) र रोहित हरिजन (२८) रहेका छन्।

दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो मूर्ति विसर्जनका क्रममा तिनै जना बेपत्ता भएका थिए। खोजीका क्रममा उनीहरूको शव घाटदेखि करिब डेढ सय मिटर तल भेटिएको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहकार्यमा शवहरू फेला पारिएको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्