तिहारको टीका लगाएर फर्किंदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु



दाङ,कात्तिक ६ — तिहारको टीका लगाएर घर फर्किंदै गरेका एक वृद्धको बसको ठक्करबाट मृत्यु भएको छ। राप्ती गाउँपालिका–५ सिंगै निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसले ठक्कर दिँदा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–५ लमही बजारस्थित प्रतिष्ठा पेट्रोल पम्प नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले भट्टराईलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा भट्टराई दुर्घटनामा परेका हुन्। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्