रास्वपा तारकेश्वर–५, नुवाकोटको कार्यसमिति पुनर्गठन, गंगा सिं तामाङको नेतृत्वमा नयाँ टिम



नुवाकोट,कात्तिक ८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर गाउँपालिका–५, नुवाकोटको कार्यसमिति पुनर्गठन गरिएको छ। रास्वपा नेता सुमन बिक्रम पाण्डेको उपस्थितिमा सम्पन्न भेलाबाट गंगा सिं तामाङको नेतृत्वमा नयाँ वडा कमिटी गठन गरिएको हो।

पुनर्गठित वडा कमिटीमा धनपती घिमिरे उपसभापति र कृष्ण प्रसाद सापकोटा सचिव चयन भएका छन्।

कार्यक्रममा रास्वपा नेता सुमन बिक्रम पाण्डे, दिल बहादुर शाक्य, केशव अधिकारी, इश्वर अर्याल लगायतका नेताहरूको उपस्थिति रहेको थियो। भेलाले संगठन सुदृढीकरण र आगामी राजनीतिक गतिविधि प्रभावकारी रूपमा अघि बढाउने निर्णय पनि गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्