देशभर सामान्य मौसम, कोशी र गण्डकीका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं,कात्तिक ९— हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका अधिकांश भागमा मौसम सामान्य रह्नेछ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति पनि सोही प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ। महाशाखाले अहिले कुनै ठूला मौसमी प्रणाली सक्रिय नभएकाले देशभर सामान्य मौसमी अवस्था रहने जनाएको छ।

