लिखु–६, भट्टथोकमा निर्माणाधीन पशुपतिनाथ मन्दिर अन्तिम चरणमा, आर्थिक अभावका कारण सहयोगको आह्वान
नुवाकोट,कात्तिक ९ — लिखु गाउँपालिका–६, भट्टथोकमा निर्माणाधीन पशुपतिनाथ मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। करिब २८ मिटर बाटो र आवश्यक पानी व्यवस्थासहित स्थानीयवासी, श्रद्धालु तथा सहयोगदाताहरूको आर्थिक र श्रम सहयोगमा मन्दिर निर्माण कार्य अगाडि बढाइएको हो।
मन्दिर निर्माण समितिका अनुसार हालसम्मको कार्य सम्पन्न भइसके तापनि थप करिब रु. ७५,००० बराबरको रकम अभाव रहेको छ। उक्त रकम अभावका कारण अन्तिम सजावट र संरचनागत काम रोकिएको समितिले जनाएको छ।
मन्दिर निर्माणका लागि देश–विदेशमा रहेका श्रद्धालु र सहयोगीहरूलाई आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ। समितिका सदस्य बच्चु कृष्ण थापा (फोन: ९८४९२३२०७५) ले जानकारी दिँदै सहयोग रकमको सार्वजनिक विवरणसमेत राखिने बताएका छन्।
उनका अनुसार रु. ५०५५ भन्दा माथिको सहयोग रकम शिलालेखमा उल्लेख गरिनेछ, भने रु. ५००० भन्दा तलको सहयोग रकम ब्यानरमा लेखिनेछ।

