सिंगापुर पुगेका देउवा दम्पती, विमानस्थलमा ह्विलचेयरमा देखिए



काठमाडौं,कात्तिक ११— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा उपचारका लागि सिंगापुर पुगेका छन्।

गएराति सिंगापुर एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि बाहिरिने क्रममा ह्विलचेयरमा सवार अवस्थामा देखिएका छन्।

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाको हाल सिंगापुरमा थप उपचार हुने बताइएको छ। त्यस घटनामा देउवाको गर्दनमा १२ टाँका लागेको थियो।

कांग्रेस स्रोतका अनुसार देउवा दम्पती केही दिन सिंगापुरमै रहने र स्वास्थ्य परीक्षण तथा उपचारपछि नेपाल फर्कने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्