बञ्चरेडाँडामा फोहोर फाल्न जुट्यो सहमति, १५ दिनभित्र माग पूरा गर्ने सरकारको प्रतिबद्धता
काठमाडौं,कात्तिक १६ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाेहर फाल्न सहमति जुटेकाे छ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि स्थानीय सहमत भएका हुन् ।
आगामी १५ दिनका लागि फाेहर फाल्न दिन मात्र स्थानिहरू सहमत भएका हुन् । उक्त अवधिभित्र स्थानीयबासी र ककनीका जनप्रतिनिधिकाे माग पूरा नभए पुनः राेक्ने चेतावानी दिएका छन् ।
स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न भनेकाे थियाे ।
फाेहर राेकिएपछि समस्या समाधानका लागि भन्दै मन्त्री घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका थिए ।

