शाक्यलाई पदबाट हटाउनुको कारण देखाउन सर्वोच्च अदालतको आदेश



काठमाडौं,कात्तिक १८ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउनुको कारण देखाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

शाक्यले कार्यकाल पूरा हुनुअघि पदमुक्त गरेको निर्णयविरुद्ध सोमबार रिट दायर गरेका थिए । न्यायाधीश नृपध्व निरौलाको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको हो ।

ऊर्जा मन्त्री कुलमान घिसिङको सिफारिसमा २०८२ असोज ५ गते शाक्यलाई हटाइएको थियो । शाक्यले सो निर्णयलाई अन्यायपूर्ण भन्दै न्यायिक हस्तक्षेप मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्