नुवाकोट — थानापति सेवा समाजद्वारा नव वर्षमा भित्तेपात्रो लोकार्पण



काठमाडौँ,चैत ३० । काठमाडौं गोँगबुँस्थित थानापति सेवा समाजले नव वर्ष २०८३ सालको पावन अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेन्डर) लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षता तथा सल्लाहकार कृष्णप्रसाद खकुरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नयाँ वर्षको अवसर पारेर समाजद्वारा प्रकाशित २०८३ सालको भित्तेपात्रो सार्वजनिक गरिएको हो । कार्यक्रम समाजका कोषाध्यक्ष बद्रिप्रसाद खकुरेलले सञ्चालन तथा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष पाठक, प्रमुख अतिथि खकुरेल, उपाध्यक्ष सरोजकुमार पाण्डे, पूर्वअध्यक्ष होमनाथ थपलिया, सल्लाहकार महेशप्रसाद सिलवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी सदस्यहरू उमेश पाण्डे, डा. वीरेन्द्र थपलिया, गोविन्द पाठक, रामशरण थापा, नवराज थापा, उत्तम भेटुवाल तथा समाजसेवी उत्तम अधिकारीले पनि नव वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा नेपालभित्र तथा विदेशमा रहनुभएका समाजका आजीवन सदस्य, सल्लाहकार, थानापतिवासी, शुभेच्छुक–शुभचिन्तक, विज्ञापनदाता तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको थियो । साथै, समाजले प्रकाशन गरेको २०८३ सालको भित्तेपात्रो औपचारिक रूपमा लोकार्पण गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्