अपरान्ह साढे ४ बजे मन्त्रिपरिषद बैठक बस्ने
काठमाडौं, वैशाख २ — प्रधानमन्त्री बालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद् बैठक आव्हान गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज साढे ४ बजे बैठक बस्ने जानकारी प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँले दिनुभएको हो।
आजको बैठकमा महत्वपूर्ण निर्णयहरू हुने अनुमान गरिएको भए पनि एजेण्डाबारे भने पूर्वजानकारी दिन नमिल्ने उहाँले बताउनुभयो।

