नुवाकोट पञ्चकन्यामा मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम



नुवाकोट, वैशाख ३ — पञ्चकन्या गाउँपालिकामा मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ। गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक विमला के.सी.को अध्यक्षतामा आयोजित तालिममा प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, सबै वडाका अध्यक्ष, शाखा प्रमुख, कर्मचारी तथा गाउँपालिकामा कार्यरत मेलमिलापकर्ताहरूको उपस्थिति रहेको थियो।

तालिममा अधिवक्ता रमिला हुमागाईले सहजकर्ताको भूमिका निर्वाह गर्दै मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरूलाई न्यायिक समितिबाट झोला समेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

स्थानीय तहमा हुने विवादलाई मेलमिलापमार्फत समाधान गर्न क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्