नुवाकोटमा चार कम्पनीलाई नदीजन्य पदार्थ उत्खनन अनुमति



नुवाकोट, वैशाख ४ — नुवाकोट जिल्लाभित्र नदीजन्य पदार्थको उत्खनन, संकलन तथा निकासीका लागि चार स्थानीय तहमा विभिन्न कम्पनीलाई अनुमति प्रदान गरिएको छ।

प्राप्त विवरणअनुसार बिदुर नगरपालिका क्षेत्रमा श्री पि.एल.एस. कन्सट्रक्सन प्रा.ली. (बिदुर–२, नुवाकोट) लाई उत्खननको जिम्मा दिइएको छ। त्यस्तै, बेलकोटगढी नगरपालिकामा श्री प्रशुन निर्माण सामाग्री सप्लायर्स प्रा.ली. (तारकेश्वर–११, काठमाडौं) ले अनुमति प्राप्त गरेको छ।

यसैगरी, लिखु गाउँपालिकामा श्री भिमसेन कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा.ली. (काठमाडौं) लाई जिम्मेवारी दिइएको छ भने शिवपुरी गाउँपालिकामा श्री सापकोटा बिल्डर्स प्रा.ली. लाई उत्खननको अनुमति प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाइएको छ।

उक्त कम्पनीहरूलाई तोकिएको मापदण्ड, क्षेत्र र समयसीमाभित्र रही नदीजन्य पदार्थ उत्खनन, संकलन तथा निकासी गर्न अनुमति दिइएको सम्बन्धित निकायले जनाएको छ। साथै, वातावरणीय मापदण्डको पालना अनिवार्य गराइएको र अवैध उत्खनन नियन्त्रणका लागि अनुगमनलाई कडाइ गरिने बताइएको छ।

नदीजन्य पदार्थ व्यवस्थापनबाट प्राप्त राजस्व स्थानीय तहको आम्दानीको महत्वपूर्ण स्रोत भएकाले यसको प्रभावकारी व्यवस्थापनमा सरोकारवाला निकायहरू सक्रिय रहेका छन्।

प्रतिक्रिया दिनुहोस्