नुवाकोटको तादी खोलामा पौडी खेल्दा डुबेर किशोरको ज्यान गयो



नुवाकोट, बैशाख ५ — नुवाकोटको बेलकोटगढी नगरपालिका–१० तादीपुलस्थित तादी खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रहरीका अनुसार आज दिउँसो करिब १२:५० बजे पासाङ ल्हामु सडकखण्डअन्तर्गत सडक निर्माण कार्यमा संलग्न ५ जना मजदुर पौडी खेल्न तादी खोलामा गएका थिए। सोही क्रममा दुप्चेश्वर गाउँपालिका–६ करेजुङ निवासी अन्दाजी १८ वर्षीय सुन बहादुर तामाङ खोलाले बगाउँदा बेपत्ता भएका थिए।

स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा करिब १३:२० बजे उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्