७औं दुप्चेश्वर कप भलिबल प्रतियोगिता सम्पन्न, चापाकोट विजेता
नुवाकोट, बैशाख ५ — दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालन भएको “७औं दुप्चेश्वर कप” राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। बैशाख २ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएसँगै विजेताहरू टुंगो लागेका हुन्।
प्रतियोगितामा चापाकोटले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ भने शुक्लागण्डकी नगरपालिका, तनहुँ उपविजेतामा सीमित बनेको छ। त्यसैगरी आयोजक दुप्चेश्वर गाउँपालिकाले तेस्रो स्थान हासिल गर्दा पञ्चकन्या गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेको छ।
फाइनलसहित सम्पूर्ण प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगितामा देशभरका विभिन्न स्थानीय तहका टोलीहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार यस्ता खेलकुद प्रतियोगिताले समाजमा एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। साथै सहभागी सम्पूर्ण टिमहरूलाई आयोजकले धन्यवाद दिएको छ।

