दुप्चेश्वर धाममा शनिबार एकै दिनमा १ लाख ७७ हजार बढी भेटी संकलन
नुवाकोट, बैशाख ५ — नुवाकोटस्थित प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाम मा एकै दिनमा १ लाख ७७ हजार ७२० रुपैयाँ भेटी संकलन भएको छ।
शनिबार संकलित उक्त भेटीमध्ये QR मार्फत ३ हजार १६५ रुपैयाँ तथा मध्यान्ह आरतीमार्फत ७३ हजार ८१० रुपैयाँ संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठ का अनुसार धाममा दैनिक रूपमा भेटी संकलन र गणना पारदर्शी ढंगले भइरहेको छ।
त्यस्तै, समय अनुकूल हुने सम्पूर्ण भक्तजनलाई प्रत्येक दिन बेलुका ५ बजे भेटी गणना हुने स्थानमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरिएको छ।
धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको दुप्चेश्वर धाममा पछिल्लो समय भक्तजनको आगमन बढ्दै जाँदा भेटी संकलनमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

