रास्वपा तारकेश्वर इकाइ अधिवेशन सम्पन्न, इश्वर आचार्य अध्यक्षमा चयन
काठमाडौं, बैशाख ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर इकाइ समितिको अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर इकाइ समितिको अधिवेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा बागमती प्रदेश सभापति अच्युतम लामिछाने ले गरेका थिए।
उद्घाटन कार्यक्रममा बोल्दै लामिछानेले नव-निर्वाचित समितिलाई बधाई दिँदै आगामी स्थानीय निर्वाचनको तयारीमा सक्रिय हुन आग्रह गरे ।उनले जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै समसामयिक विषयहरूमा आफ्नो धारणा राखेका थिए। साथै, संसदमा उठाएको बाँदर नियन्त्रणसम्बन्धी विषयलाई स्मरण गराउँदै यसको दीर्घकालीन समाधान आवश्यक रहेको बताए।
अधिवेशनबाट अध्यक्षमा इश्वर आचार्य चयन भएका छन् भने उपाध्यक्षमा प्रेम प्रसाद बडु चयन भएका छन्। त्यसैगरी सचिवमा केशव प्रसाद अधिकारी चयन भएका छन्।
सदस्यहरूमा जनक प्रसाद रिजाल, कुमार तामाङ, अनीता पौडेल अधिकारी, सुलोचना दंगाल र रत्नकाजी गुरुङ रहेका छन्। त्यस्तै रम नारायण श्रेष्ठ सल्लाहकारमा चयन भएका छन्।
नवगठित समितिले संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा आगामी निर्वाचन लक्षित कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।

