सञ्चारमन्त्री तिमिल्सिना आज दिनभर गृहजिल्ला नुवाकोटका नागरिकसँग
नुवाकोट, वैशाख ६ । सञ्चारमन्त्री एवम् नुवाकोटका प्रतिनिधि सभा सांसद विक्रम तिमिल्सिना आज आइतबार गृहजिल्ला नुवाकोट आउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी बाट नुवाकोट क्षेत्र नम्बर १ का निर्वाचित उनी मन्त्री नियुक्त भएपछि पहिलोपटक जिल्लामा आउन लागेका हुन् ।
उनको सचिवालयका अनुसार मन्त्री तिमिल्सिनाले बिहानदेखि साँझसम्म जिल्लाका विभिन्न स्थानमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार उनले बिहान ७:३० बजे छहरे बजारबाट भेटघाट सुरु गर्नेछन् । त्यसपछि ८:३० बजे ढिकुरे बजार, दिउँसो २:०० बजे फलाटे बजार र २:३० बजे चोगते बजारमा स्थानीयसँग संवाद गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी दिउँसो ३:३० बजे फेदीबेसी बजारमा भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ भने अन्तिम कार्यक्रम साँझ ५:३० बजे शिवपुरीस्थित काफलडाँडामा हुने जनाइएको छ । नुवाकोट क्षेत्र नम्बर १ बाट २२ हजारभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका मन्त्री तिमिल्सिना मन्त्री बनेपछि पहिलोपटक जिल्लामा आउन लागेका हुन् ।

