रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
काठमाडौं, वैशाख ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले यही वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित अधिवेशनको मिति तय गरेको हो । साथै, प्रत्यक्ष निर्वाचित सांसद नभएका निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय पनि गरिएको छ ।
पार्टीका अनुसार जिल्ला तथा निर्वाचन क्षेत्रगत जिम्मेवारीसहितको विस्तृत सूची भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने तयारी गरिएको छ ।

