विष्णुमती खोलाको पुलमुनि भेटियो पेस्तोल र गोली



काठमाडौं, वैशाख ६— काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती खोलाको ढल्कु पुलमुनि चार वटा पेस्तोल र ६५ थान गोली फेला परेको छ।

महानगरको सरसफाइ टोलीले पुलमुनि शङ्कास्पद झोला देखेपछि प्रहरी वृत्त स्वयम्भूलाई जानकारी गराएको थियो। त्यसपछि पुगेको प्रहरी टोलीले झोला जाँच गर्दा हतियारसहित ठूलो परिमाणमा गोली बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद पेस्तोल, म्यागजिन र गोली जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्