हावाहुरीले ढलेको रुखले लाग्दा धादिङमा एक जनाको मृत्यु



धादिङ,बैशाख ८— जिल्लाको ज्वालामुखी गाउँपालिका–४ मा हावाहुरीका कारण ढलेको रुखले लाग्दा एक जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा करिब ४७ वर्षीय सन्दीप मगर रहेका छन्। हावाहुरीका कारण ढलेको रुखले लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको हो।

स्थानीयका अनुसार मगर रूखले चेपेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि धादिङ अस्पताल लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्