घरबाटै एनओसी, झन्झट अन्त्य
काठमाडौँ, वैशाख ९ – वैदेशिक अध्ययनमा जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्रक्रिया अब पूर्ण रूपमा अनलाइन बनाइएको छ।
विद्यार्थीले घरमै बसेर आवेदन दिनुका साथै स्वीकृत प्रमाणपत्र आफैँ प्रिन्ट गर्न सक्ने भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग प्रणाली जोड्दै प्रक्रिया ‘फेसलेस’ बनाएको हो। यससँगै अधिकांश अवस्थामा कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ।
एनओसी शुल्क अनलाइनबाटै तिर्न सकिनेछ भने प्रमाणपत्र क्युआर कोडसहित डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको छ।

