वामपन्थी एकतामा जोड, विभेद अन्त्यको आवश्यकता : प्रचण्ड



काठमाडौँ, बैशाख ९ — पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा विद्यमान सबैखाले विभेद अन्त्य गरी समतामूलक समाज निर्माणका लागि वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ।

नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका अवसरमा आज जारी शुभकामना सन्देशमा उहाँले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित तथा उत्पीडित समुदायहरूको अधिकार सुनिश्चित गर्नुका साथै राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न सक्ने धारणा व्यक्त गर्नुभयो।

“नेपाली कम्युनिस्टहरूको काँधमा विगतका बलिदानीपूर्ण सङ्घर्षका उपलब्धिको रक्षा गर्दै गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्तिलाई अगाडि बढाउने जिम्मेवारी अझ बढेको छ,” सन्देशमा उल्लेख छ।

संयोजक दाहालले जनआन्दोलन र जनसंघर्षबाट प्राप्त उपलब्धिको संरक्षण र विकासका लागि शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै शक्तिबीच व्यापक मोर्चाबन्दी अपरिहार्य रहेकोमा जोड दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्