संघीय संसद्को अधिवेशन वैशाख १७ गते आह्वान
काठमाडौँ, बैशाख ९ — रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजे बस्नेगरी संसद् बैठक बोलाएका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार नयाँ अधिवेशनमा सरकारका नीति तथा कार्यक्रम, विधेयकहरू र समसामयिक राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


