वैशाख १७ गते संघीय संसद् अधिवेशन आह्वान
काठमाडौं,बैशाख १० । रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख ८ गतेको बैठकको सिफारिसमा संसद् बैठक बोलाउनुभएको हो।
राष्ट्रपतिको कार्यालयका अनुसार संघीय संसद् भवन, सिंहदरबारमा दुवै सदनको अधिवेशन बस्नेछ।

