ताेलामा १८०० रूपैयाँले घट्याे सुनकाे भाउ, चाँदी पनि सस्तियाे



काठमाडाैं,बैशाख १०। बिहिबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ। बुधबार ताेलामा ८०० रूपैयाँले घटेकाे सुनकाे भाउ आज प्रतिताेला १८०० रूपैयाँले घटेकाे हाे

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ९८ हजार ७०० रूपैयाँ निर्धारण भएकाे छ।

बुधबार छापावाल सुन प्रतिताेला ३ लाख ५०० रूपैयाँमा काराेबार भएकाे थियाे।

यस्तै आज चाँदीकाे मूल्य ताेलामा ११० रूपैयाँले घटेकाे छ। हिजाे प्रतिताेला ५ हजार १ सय ३० रूपैयाँमा काराेबार भएकाे चाँदी आज ताेलाकाे ५ हजार २० रूपैयाँ ताेकिएकाे छ।

प्रतिक्रिया दिनुहोस्