कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक



काठमाडौं,बैशाख १३नेपाली कांग्रेसले भोलि अर्थात सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सर्वसम्मत् संसदीय दलको नेता चयनमा विलम्व भएको अवस्थामा काँग्रेसले कार्यसम्पादन समिति बैठक आह्वान गरिएको हो ।

यसअघि बसेको कार्यसम्पादन समिति बैठकले संसदीय दलको नेता चयनको निर्वाचन प्रक्रिया स्थगन गर्दै सहमतिमा दलको नेता चयनको प्रयास गर्नुपर्ने निर्णय गरेको थियो ।

काँग्रेसमा संसदीय दलका नेतामा आकांक्षीहरु बढी भएपछि संसदीय दलको नेता चयन हुन सकेको छैन ।

पार्टीका अनुसार बैठक सोमवार बिहान ११ः०० बजे बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुर स्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको जानकारी पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्