नुवाकोटका रेस्लर ‘साइन’लाई सम्मान, दुप्चेश्वरको जितपछि राजधानीमा विशेष कार्यक्रम
नुवाकोट, वैशाख १५ — नुवाकोटका चर्चित रेस्लर प्रदीप प्रसाद पाण्डे ‘साइन’ सम्मानित भएका छन्। सोमबार काठमाडौंस्थित होटल कोटबारी एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनलाई विशेष सम्मान गरिएको हो।
नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका–७ सुनखानीका स्थायी बासिन्दा साइनले नयाँ वर्ष २०८३ को पहिलो दिन दुप्चेश्वर धाम परिसरमा आयोजित ‘न्यू इयर ब्लास्ट’ रेस्लिङ प्रतियोगितामा हेभीवेटतर्फ उत्कृष्ट प्रदर्शन गर्दै डेभिडलाई पराजित गरेका थिए। सोही सफलताका आधारमा उनलाई सम्मान गरिएको हो।
कार्यक्रममा रिङ रेस्लिङ एसोसिएसनका महासचिव कलम तामाङ (नुवाकोटे टाइगर) र समाजसेवी सुशील खड्काले हङकङमा निर्मित बेल्ट प्रदान गर्दै साइनलाई बधाई तथा सम्मान व्यक्त गरे।
त्यस्तै, महिला विधातर्फ रेस्लर आकृति पनि सम्मानित भइन्। उनले प्रतिस्पर्धी तनुलाई हराउँदै च्याम्पियन बन्न सफल भएकी थिइन्।
ट्याग टिम हार्डकोर म्याचतर्फ किङ रोबेर्ट र उर्गेनको जोडीलाई सम्मान गरिएको छ। उनीहरूले दुप्चेश्वरमा आयोजित प्रतियोगितामा चट्टान र ठागुलाई पराजित गर्दै उपाधि जितेका थिए।
यस्तै, ट्रिपल थ्रेट म्याचका विजेता एक्स हिरोलाई पनि सम्मान गरिएको छ। उनले सुजल र सिजे वर्ल्डलाई पछि पार्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।यसअघि प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिसकिएको आयोजकले जनाएको छ। हेभीवेट (पुरुष) विजेताले गोल्डेन बेल्टसहित ७५ हजार रुपैयाँ, महिला च्याम्पियनले बेल्टसहित ५० हजार रुपैयाँ प्राप्त गरेका थिए। त्यस्तै ट्याग टिम हार्डकोर विजेताले ६० हजार रुपैयाँ र ट्रिपल थ्रेट विजेताले २५ हजार रुपैयाँ प्रतियोगिता स्थलमै पाएका थिए।
संघका महासचिव कमल तामाङका अनुसार उक्त प्रतियोगितामा साइन, डेभिड, चट्टान, किङ रोबेर्ट, उर्गेन, ठागु, तनु, आकृति, सुजल, एक्स हिरो र सिजे वर्ल्डलगायत एक दर्जनभन्दा बढी चर्चित नेपाली रेस्लरहरूको सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय स्तरमा निर्मित बेल्ट नेपाल आइपुग्न ढिलाइ भएकाले वितरण प्रक्रिया केही समय पछि गरिएको उनले जानकारी

