नुवाकोट लिखु गाउँपालिका रेडक्रस शाखाको प्रथम सभा वैशाख २६ मा



नुवाकोट,वैशाख १८ — नेपाल रेडक्रस सोसाइटी लिखु गाउँपालिका शाखा (तदर्थ समिति) ले आफ्नो प्रथम पालिका शाखा सभा आयोजना गर्ने भएको छ।

यही वैशाख १३ गते बसेको तदर्थ समितिको बैठकले आगामी वैशाख २६ गते शनिबार सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ७:३० बजे लिखु गाउँपालिका–५ अमिलबोटस्थित न्यू परिवर्तन युवा क्लबमा हुने जनाइएको छ।

शाखाले यशस्कर, विशिष्ट, आजीवन तथा साधारण सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई सभालाई सफल बनाउन आग्रह गरेको छ।तदर्थ समितिका संयोजक कल्याण भक्त पाण्डेले शाखाको संगठन सुदृढीकरण र आगामी कार्ययोजना तय गर्न सभा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्