आइसिसी विश्वकप क्रिकेट लिग: नेपालले ब्याटिङ गर्दै
काठमाडौं,बैशाख १८ । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा अहिले ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा भइरहेको खेलमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। वैशाख २२ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल र युएईबीच आज दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले पराजित गरेको थियो।
आजको खेलका लागि नेपाली टोलीमा केही परिवर्तन गरिएको छ। अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललितनारायण राजवंशीलाई टोलीमा समावेश गरिएको छ भने कुशल भुर्तेल, आशिफ शेख, करण केसी र बसिर अहमदलाई आराम दिइएको छ।
टोलीमा भीम सार्की, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शनकुमार झा, सोमपाल कामी र सन्दीप लामिछाने पनि रहेका छन्।
नेपालले आजको खेलमा राम्रो सुरुआत गर्ने लक्ष्यसहित ब्याटिङ गरिरहेको छ।

