संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी
काठमाडौं, वैशाख २२ — राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन्।
यसअघि सरकारबाट सिफारिस गरिएका आठमध्ये सात अध्यादेश जारी गरिसकेका राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका थिए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशमा कुनै संशोधन नगरी जस्ताको तस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन्।
जारी गरिएको अध्यादेशमा संवैधानिक परिषद्को बैठकका लागि न्यूनतम चार सदस्य उपस्थित भए पुग्ने तथा उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था समावेश गरिएको छ।

