कुशलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित
काठमाडौं,जेठ २ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला मा भएको खेलमा नेपालले १९६ रनको लक्ष्य ३६ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो ।
घरेलु टोलीको जितमा ओपनर कुशल भुर्तेल ले उत्कृष्ट शतकीय पारि खेल्नुभयो । तीन खेलपछि प्लेइङ–११ मा पुनरागमन गर्नुभएका उहाँले आक्रामक ब्याटिङ गर्दै १३ चौका र चार छक्का प्रहार गर्नुभयो ।
नेपालले सुरुदेखि नै अमेरिकामाथि दबाब बनाएको थियो । कुशलको विस्फोटक ब्याटिङका कारण नेपालले सहज रूपमा लक्ष्य भेट्टाउँदै महत्त्वपूर्ण दुई अङ्क जोड्न सफल भयो ।

