आइतबार तोलामा ४ हजार ५०० रूपैयाँले घट्यो सुन, चाँदी पनि ३३० रुपैयाँ सस्तियो



काठमाडाैं,जेठ ३ । आइतबार पनि सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन शुक्रबार तोलामा ४ हजार रुपैयाँले घटेको सुनमो भाउ आज पनि तोलामा ४ हजार ५०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको २ लाख ९४ हजार रुपैयाँ तोकिएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनको मूल्य पनि तोलामा ३३० रुपैयाँ घटेको छ। गत शुक्रबार प्रतितोला ५ हजार ३९० रुपैयाँका खरिदबिक्रि भएको चाँदी आज ५ हजार ६० रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्