पेन्टीभित्र ब्राउन सुगर लुकाएर ल्याउने युवक पक्राउ



झापा,जेठ ३ । झापाको मेचीनगरबाट पेन्टीभित्र लागूऔषध लुकाएर नेपाल भित्र्याउँदै गरेका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमल गाउँपालिका–६ त्रिवेणी चोक बस्ने १८ वर्षीय विवेक यादव रहेका छन् । उनी भारतबाट पुरानो मेची पुलमुनिको पैदल मार्ग हुँदै नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर शरीर तलासी लिँदा यादवले लगाएको जिन्स पाइन्टभित्रको पेन्टीमा लुकाएर ल्याएको १४ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्