पुरुषोत्तम मास मेला सुरु, मच्छेनारायणमा भक्तजनको घुइँचो



काठमाडौँ,जेठ ४- मत्स्य नारायण मन्दिर मा आइतबारदेखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ।

काठमाडौं को चन्द्रागिरी नगरपालिका अन्तर्गत मच्छेगाँउस्थित उक्त धार्मिक स्थलमा पुरुषोत्तम मासको अवसरमा विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम सञ्चालन गरिएको छ।

धार्मिक मान्यता अनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। यही विश्वासका साथ देशका विभिन्न स्थानबाट भक्तजनहरू मच्छेनारायण मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन्।

मेलाको अवधिभर मन्दिर क्षेत्रमा भक्तजनको उल्लेख्य भीड रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्