सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो
काठमाडाैं । साेमबार सुनकाे मूल्य बढेको छ भने चाँदीकाे मूल्य घटेकाे छ । हिजो तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। हिजो आइतबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता आज चाँदीकाे मूल्य भने ताेलामा २० रुपैयाँ घटेकाे छ। आइतबार तोलाको ५ हजार ६० रुपैयाँमा किनबेच भएको चाँदी आज २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ ।

