विनियोजन विधेयकमाथिको छलफल भोलि पनि जारी रहने
काठमाडौं,जेठ ४ । प्रतिनिधिसभाको भोलि (मङ्गलबार) बस्ने बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफललाई निरन्तरता दिइने भएको छ ।
आजदेखि सुरु भएको छलफलमा सांसदहरूको बोल्ने क्रम आगामी बैठकमा पनि जारी रहने सभामुख डोलप्रसाद अर्याल ले जानकारी दिनुभएको हो ।
गत वैशाख ३१ गते बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफल सम्पन्न भएपछि बुधबार बस्ने बैठकमा अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ५ गते मङ्गलबार बिहान ११ बजे बस्ने तय भएको छ ।

