मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ



वीरगन्ज,जेठ ४ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ गरिएको हो । उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । यद्यपि, कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । वीरगञ्ज पुगेलगत्तै उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गरेका थिए । त्यस क्रममा उनले वर्तमान सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूमाथि विभिन्न आलोचनात्मक टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्