सिंहदरबारमा ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौँ,जेठ ५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी तय भएको हो।

नियमित तथा आकस्मिक एजेन्डाहरूमा केन्द्रित रहने उक्त बैठकमा सरकारको चालु काम कारबाहीको समीक्षा, प्रशासनिक निर्णयहरू र मुलुकको पछिल्लो समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल हुने बताइएको छ।

सरकारका दैनिक कार्यसम्पादनलाई गति दिन र महत्त्वपूर्ण नीतिगत निर्णयहरू लिन प्रधानमन्त्री शाहले यो बैठक आह्वान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्