प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा संसदीय सुनुवाइबाट अनुमोदित
काठमाडौं,जेठ ५ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मा को नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । मंगलबार बसेको समितिको बैठकले उहाँको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
समितिको बैठकमा डा. शर्माले न्यायालय सुधारका लागि आफ्नो प्रतिबद्धता र कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । साथै, सांसदहरूले उठाएका प्रश्न तथा समितिमा दर्ता भएका उजुरीबारे पनि उहाँले स्पष्ट पार्नुभएको थियो ।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उहाँको प्रधानन्यायाधीशमा नियुक्ति हुने बाटो खुलेको छ ।

