स्वतन्त्र न्यायपालिका जोगाउनु पहिलो प्राथमिकता : प्रधानन्यायाधीश शर्मा



काठमाडौं,जेठ ६ । नवनियुक्त प्रधान न्यायाधीश डा. मनोज कुमार शर्मा ले स्वतन्त्र न्यायपालिकालाई पूर्णरूपमा अक्षुण्ण राख्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

पदभार ग्रहणपछि सर्वोच्च अदालतमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधान न्यायाधीश शर्माले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड रहेको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो पहिलो तथा सर्वोच्च प्राथमिकता स्वतन्त्र न्यायपालिकाको संरक्षण रहेको स्पष्ट पार्दै न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको मान्यतासँग कुनै पनि परिस्थितिमा सम्झौता नगर्ने बताउनुभयो ।

प्रधान न्यायाधीश शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

“यस विषयमा कसैले कुनै शंका राख्नुपर्ने अवस्था आउने छैन । साथै, त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य मबाट हुने छैन र हुन दिइने पनि छैन भन्ने पूर्ण विश्वास दिलाउन चाहन्छु,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्