विद्यालय पाठ्यक्रम परिमार्जन प्रक्रिया सुरु



काठमाडौँ, जेठ ६ । सरकारले बदलिँदो समय र प्रविधिअनुसार विद्यालय तहको पाठ्यक्रम परिमार्जन प्रक्रिया सुरु गरेको छ । प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम सुधारका लागि शिक्षा मन्त्रालयले डा. बालचन्द्र लुइटेल को संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलले शिक्षामन्त्री सस्मित पोखरेल सँग पहिलो बैठक गरी औपचारिक रूपमा काम सुरु गरेको छ । छ महिनाभित्र प्रतिवेदन बुझाउने लक्ष्य राखिएको कार्यदलले २२ समूह बनाएर विद्यार्थी, शिक्षक, उद्योगी तथा युवासँग छलफल गर्ने जनाएको छ ।

सरकारले नयाँ प्रविधि र बदलिँदो शैक्षिक आवश्यकतालाई समेट्दै इसिडीदेखि कक्षा १२ सम्म तहगत रूपमा पाठ्यक्रम सुधार गर्ने तयारी गरेको छ । योजना अनुसार आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्