ट्राफिक सप्ताह सम्पन्न, नुवाकोटमा सचेतनामूलक कार्यक्रम प्रभावकारी
नुवाकोट, जेठ ६ । जिल्ला ट्राफिक कार्यालय नुवाकोटले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै ट्राफिक सप्ताह सम्पन्न गरेको छ ।
बैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रममा जिल्लाका मुख्य शहरी तथा ग्रामीण क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रम गरिएको ट्राफिक इञ्चार्ज बिनोद ढकाल ले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रमअन्तर्गत ट्राफिक सचेतनामूलक पर्चा–पम्प्लेट वितरण, सवारी चालक तथा यात्रुलाई ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान, अव्यवस्थित पार्किङ हटाउने अभियान, चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण, विद्यार्थीलाई ट्राफिक कक्षा सञ्चालन तथा ग्रामीण सडक लक्षित सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यसैगरी एम्बुलेन्स तथा अटोको यान्त्रिक परीक्षण र लागुपदार्थ सेवन चेकजाँचसमेत गरिएको जनाइएको छ । समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद रेग्मी को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख बिपिन रेग्मी तथा नेपाल पत्रकार महासंघ का पदाधिकारीहरूको उपस्थिति रहेको थियो

