‘टोखामा अटेरी गरेपछि डोजर’ : अतिक्रमित घर–टहरा हटाइयो



काठमाडौं,जेठ ७। काठमाडौंको टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपास क्षेत्रमा रहेका अतिक्रमित घर–टहरा हटाइएको छ ।

नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन १५ दिने सूचना जारी गरेपछि पनि अटेरी गरिएकाहरूको घर–टहरा डोजर प्रयोग गरेर हटाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार आज बिहानदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने अभियान सुरु गरिएको हो ।

उहाँले सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत अतिक्रमित संरचना हटाइएको बताउँदै कानुनी व्यवस्था पालना गर्न तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्