सञ्चार क्षेत्रका तीन शीर्ष पदमा खुला प्रतिस्पर्धा, सरकारले माग्यो आवेदन
काठमाडौँ,जेठ ७ । सरकारले सार्वजनिक सेवा प्रसारण संस्था, गोरखापत्र संस्थान र प्रेस काउन्सिल नेपाल का प्रमुख पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
सरकारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष, गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल नेपालको अध्यक्ष पदपूर्तिका लागि आवेदन मागेको हो ।
सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्न सक्नेछन् ।
दरखास्त फाराम, आवश्यक योग्यता, संलग्न गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरण mocit.gov.np� मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ ।


